दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि काम शुरु « Khabarhub

दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनका लागि काम शुरु


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ ।

विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली भीमदत्तनगर आएको हो ।

टोलीले बिहीबारदेखि काम थालेको प्राविधिक टोलीका प्रमुख इञ्जिनीयर गुणदत्त अधिकारीले जानकारी दिए । अध्ययनपछि मन्त्रालयमा प्रतिवेदन पेश गरिने उनको भनाइ छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ/चौडाइलगायत प्राविधिक र अन्य विषयको अध्ययन गर्नेछ ।

बहत्तर सिट क्षमता भएको जहाज सञ्चालनका लागि एक हजार ८८० मिटर लामो रन–वे आवश्यक पर्ने अधिकारीले बताए । ठूला जहाज सञ्चालनका लागि ७० बिघा जमीन आवश्यक परे पनि मझगाउँ विमानस्थलसँग ६५ बिघा जमीन छ ।

विमानस्थलको शुक्लाफाँटा दक्षिणतर्फ रहेको राष्ट्रिय निकुञ्जको जमीन अधिग्रहण गर्न सकेमात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताइएको छ । रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीका इञ्जिनीयर गुरुदत्त अधिकारी, स्मरण भट्ट, सन्देश पौडेल, अविशेक बर्मा र सवइञ्जिनीयर सविन पौडेलको टोली यहाँ खटिएको छ ।

केही महीनायता विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएको मझगाउँ विमनास्थल पुनः सञ्चालन सङ्घर्ष समितिका संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए ।

“हामीले यहाँका जनप्रतिनिधि र स्थानीय तह, नागरिक समाजसहितको प्रतिबद्धता लिएर केन्द्रमा प्रधानमन्त्रीसम्मलाई गुहारर्‍यौ, उनले भने । विमानस्थल संरक्षण एवं सञ्चालनका निम्ति सहयोग पुगोस् भनेर यहाँको भीमदत्तनगरपालिकाले रु २० लाख बजेट चालू आर्थिक वर्षमा विनियोजन गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

उनले विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारमा समेत लगातार पहल गरिरहेको बताए । झण्डै ६५ बिघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार ६६५ मिटर र चौडाइ ५०० मिटर छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ११ : २५ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर