१५ हजार युवालाई सीपमूलक तालिम दिने सरकारको तयारी « Khabarhub

१५ हजार युवालाई सीपमूलक तालिम दिने सरकारको तयारी


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने युवालाई निःशुल्क सीपमू्लक तालिम प्रदान गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षभित्र १५ हजार युवालाई सीपमूलक तालिम दिने तयारी गरिरहेको जानकारी दिएको छ ।

तालिम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डले जानकारी दिएको छ । बोर्डले १९ वटा क्षेत्रमा निःशुल्क तालिम दिने भएको हो ।

गार्मेन्ट मेसिन अपरेटर, सुरक्षा गार्ड, इलेक्ट्रिसियन, कार्पेन्ट्री, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, हाउस किपिङ एटेन्डेन्ट, कुक, वेटर, स्टिलफिक्सर, प्लम्बर सहायक र बेन्डरलगायत क्षेत्रमा सीपमूलक तालिम सञ्चालन गरिने बोर्डको भनाइ छ ।

तालिम आगामी मंसिर महिनादेखि सञ्चालन गर्नका लागि छलफल र तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । बोर्डले चालु आर्थिक वर्षभित्र ३० हजार युवालाई सीपमूलक तालिम सञ्चालन गर्न लागेको जनाएको छ ।

तालिम लिन इच्छुकले सहभागिता जनाउन सक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभागले सूचीकृत गरेका तालिम केन्द्रबाट सीप तालिम सञ्चालन गरिने बोर्डले जनाएको छ । तालिम काठमाडौंलगायत बुटवल, सुनसरी, झापा, पोखरा र जनकपुरमा समेत सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

अर्को वर्षदेखि बजेट तथा तालिमका विषय पनि थप गर्दै लगिने बताए । उनका अनुसार तालिम आगामी मंसिरदेखि सुरु हुनेछ । बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ । तालिममा इच्छुक जो कोही युवा सहभागी हुन सक्नेछन् । तर, प्राप्त आवेदनबाट बोर्डले योग्यता पूरा गरेकालाई मात्रै छनोट गर्नेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : ३१ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी