विप्लवका दाइसहित २१ नेता पक्राउ प्रकरण– ६ थान पेस्तोल, सुतली बमसहित नगद बरामद « Khabarhub

विप्लवका दाइसहित २१ नेता पक्राउ प्रकरण– ६ थान पेस्तोल, सुतली बमसहित नगद बरामद


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्ला प्रहरी कार्यालय दाङले राजपुर गाउँपालिका–४ मुङग्रेठाबाट बिहीबार पक्राउ परेका प्रतिबन्धित नेकपाका नेताहरुको साथबाट हतियार, नगदसहित महत्वपूर्ण कागजात बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिको बारेमा र उनीहरुको साथबाट बरामद गरेका हतियार, नगद पैसासहित अन्य महत्वपूर्ण दस्ताबेजहरु आज सार्वजनिक गरेको हो ।

प्रहरीले आज एक प्रेस विज्ञप्ति जारी गरी छ थान पेस्तोल, दुई थान म्यागजिन, नौ वटा गोली, एउटा सुतली बम र रु तीन लाख ८४ हजार ५३० नगद बरामद गरेको उल्लेख गरेको छ । साथै, ३७ थान मोबाइल सेट, ग्लोबल आइएमइको चार वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनीतिक दर्शनका किताब, चन्दा उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल तयारी अवस्थामा प्रहरीले भेटाएको जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज समेत रहेका नेत्रविक्रम चन्द विप्लवका दाइ वीरगञ्ज भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा सुभाष, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष दीपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इञ्चार्ज सन्तोष सुवेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा, दाङका जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम) सहित २१ जना रहेका छन् । पक्राउ परेकालाई सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेर कारवाही शुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : ५५ बजे

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा