पुरुषले चाहेर पनि व्यक्त गर्न नसक्ने ६ कुरा « Khabarhub

पुरुषले चाहेर पनि व्यक्त गर्न नसक्ने ६ कुरा


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको आफ्नो बैग्लै चाहना हुने गर्दछ । तर कतिपयले आफ्नो चाहना व्यक्त गर्न नसक्दा त्यसलाई पाउन सक्दैनन् । यस्तै चाहेको कुरा व्यक्त गर्न नसक्नेमा पुरुष पनि पर्दछन् ।

पुरुषहरु के चाहन्छन् त्यो कुरा व्यक्त गर्न नसक्दा उनीहरुको भावना बुझ्न गाह्रो हुने गर्दछ । हामी ६ वटा टिप्स दिदैछौँ, जसबाट तपाईं सजिलै पुरुषले व्यक्त गर्न नसकेका उनीहरुको चाहना बुझ्न सक्नुहुनेछ ।

१. कदर
कुनै पनि पुरुषले चाहने पहिलो बिषय भनेको कदर हो । तपाईंले पुरुषको कदर गर्नु भयो भने तपाईं प्रति उनीहरु सकारात्मक हुने गर्दछन् । यसले ती पुरुषलाई निकै खुसीसमेत दिने गर्दछ ।

२. सम्मान
हरेकलाई आफ्नो सम्मान प्यारो हुन्छ । अझ पुरुषका लागि सम्मान भनेको उसको प्रतिष्ठासँग जोडिन्छ । त्यसैले हरेक पुरुषलाई उचित सम्मान दिनु भयो भने उनीहरु खुसी हुन्छन् ।

३. साथ
हरेक पुरुषले विश्वासी मित्रबाट साथ चाहन्छन् । उनीहरुमा सहने शक्ति हुन्छ भन्दैमा पुरुषहरु धोका सहन सक्छन् भन्ने होइन, पुरुष आफूलाई साथ दिने मानिसप्रति मरिहत्ते गर्छन् ।

४. स्वतन्त्रता
युवा अवस्थाबाटै हरेक पुरुषहरु स्वतन्त्र हुन चाहन्छन् । उनीहरु निजी जीवनमा कसैले दखल नदिउन् भन्ने चाहना राख्छन् । त्यसैले पुरुषलाई स्वतन्त्र छाडे उनीहरु तपाईंप्रति कृतज्ञ हुन्छन् ।

५. मीठो वचन
पुरुषलाई बसमा लिनु छ भने मधुर बोली नै काफी हुन्छ । जस्तै कठोर मानिस पनि मधुर बोलीमा पग्लने गर्दछन् । मधुरको अर्थ नाटकीय होइन, नम्र, सानो र प्रेमयुक्त बोली हो ।

६. प्रोत्साहन
पुरुषले सदैव आफूलाई प्रोत्साहित गर्ने मानिसको कदर गर्छन् । अवस्था अनुसारको उचित सल्लाह र साथ दिएमा उनीहरुले त्यसलाई जीवनभर बिर्सन सक्दैनन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : ४३ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान