म्यान्मारको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी यङ्गोन पुगिन् « Khabarhub

म्यान्मारको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी यङ्गोन पुगिन्


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ म्यान्माको यङ्गोन शहर पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी प्रतिनिधिमण्डलका साथ राजधानी नेपितबाट विशेष उडानबाट पिन ऊ लिन र बगान शहर हुँदै पुरानो राजधानी यङ्गोन गएकी हुन् ।

उनलाई नेपित अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मार सङ्घका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीन र नेपित शहरका प्रमुख म्यो आङले बिदाइ गरेका थिए ।

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत छन ।

उनको म्यान्मा भ्रमण यही कात्तिक ३ गतेसम्म हुनेछ । नेपितमा रहँदा राष्ट्रपति भण्डारीको म्यान्माका राष्ट्रपति मिन्त, स्टेट काउन्सिलर आङ सान सु ची र त्यहाँका सेना प्रमुख मिन आङ ह्यलिङसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : १९ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३