म्यान्मारको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी यङ्गोन पुगिन् « Khabarhub

म्यान्मारको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी यङ्गोन पुगिन्


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ म्यान्माको यङ्गोन शहर पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी प्रतिनिधिमण्डलका साथ राजधानी नेपितबाट विशेष उडानबाट पिन ऊ लिन र बगान शहर हुँदै पुरानो राजधानी यङ्गोन गएकी हुन् ।

उनलाई नेपित अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मार सङ्घका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीन र नेपित शहरका प्रमुख म्यो आङले बिदाइ गरेका थिए ।

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत छन ।

उनको म्यान्मा भ्रमण यही कात्तिक ३ गतेसम्म हुनेछ । नेपितमा रहँदा राष्ट्रपति भण्डारीको म्यान्माका राष्ट्रपति मिन्त, स्टेट काउन्सिलर आङ सान सु ची र त्यहाँका सेना प्रमुख मिन आङ ह्यलिङसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ६ : १९ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–