उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र « Khabarhub

उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभातर्फ तीन, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी कूल ४८ गरी ५२ रिक्त पदमा उपनिर्वाचन हुने जनाएको छ ।

प्रतिनिसभा सदस्यतर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारको मनोनयन हुने जनाएको छ ।

आयोगले आज प्रकाशित गरेको तालिकाअनुसार कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनय र उजुरीमाथि जाँचबुझ गर्ने, २४ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते निर्वाचन चिह्न प्रदान गर्ने र आगामी मंसिर १४ गते मतदान हुनेछ ।

यस्तै स्थानीय तहतर्फ निर्वाचन हुने कूल ४८ पदका लागि यही कात्तिक २७ गते मनोनयपत्र दर्ता गराउने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

यस्तै, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी मंसिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरेको छ । स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : १८ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर