मुक्तिनाथ विकास बैंकको अधिकृत पूँजी ५ अर्ब पुर्‍याइने « Khabarhub

मुक्तिनाथ विकास बैंकको अधिकृत पूँजी ५ अर्ब पुर्‍याइने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुक्तिनाथ विकास बैकले मर्जरमा जाने निर्णय गर्ने जिम्मा सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ ।

गत आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एकआपसमा मर्जर हुने वा एक्विजिशन गर्ने वा मर्जरमा जाने अन्य सबै निर्णय गर्ने जिम्मा लिने प्रस्ताव साधारणसभामा लैजाने प्रस्ताव पारित गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले अधिकृत पूँजी ५ अर्ब पुर्‍याउनका लागि विधान संसोधन गर्ने निर्णयसमेत गरेको छ । अहिले कायम रहेको चुक्ता पूँजी बढाउन साढे ३७ प्रतिशत बोनश शेयर वितरण गर्नेसमेत निर्णय गरेको छ ।

बैंकको साधारणसभा बैठकका लागि मंसिर २३ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : १९ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार