पूर्वाधार विकास बैंकको ८ अर्बको आइपीओ आउँदै « Khabarhub

पूर्वाधार विकास बैंकको ८ अर्बको आइपीओ आउँदै


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ । बैंकको मंसिर २९ गते बस्ने साधारणसभामा आइपीओ निष्कासन गर्ने तथा पुँजी वृद्धि गर्ने प्रस्ताव गर्न लागेको हो ।

चुक्ता पूँजी २० अर्ब पुर्‍याउने प्रस्ताव समेत साधारणसभामा पेश हुने जनाइएको छ । गत असोजसम्ममा बैंकको सञ्चित कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको बैकको नाफा १८ करोड ५८ लाख रुपैयाँ छ ।

सरकारको १० प्रतिशत शेयर रहेको बैंकमा बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व छ ।

बैकले कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा रहेको करुवा सेती हाइड्रोपावरमा लगानी गरेको छ । जुन परियोजना ३२ मेगावाट उत्पादन क्षमताको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : १३ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये