गोरखामा बने प्रहरीका २ वटा नयाँ भवन « Khabarhub

गोरखामा बने प्रहरीका २ वटा नयाँ भवन


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले गोरखास्थित ईलाका प्रहरी कार्यालय हर्मी र प्रहरी चौकी रातमाटेको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्‍घाटन गरेका छन् ।

सिरानचोक गाउँपालिका-३ मा निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका-९ रातमाटेस्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी रातमाटेको नवनिर्मित भवनको उद्‍घाटन गरिएको हो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी समुदाय-प्रहरी साझेदारी कार्यक्रमका माध्यमबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु लिई समाजका विकृति विसंगति न्यूनिकरणका लागि जनताको समिपमा पुगेको उल्लेख गर्दै कार्यक्रमलाई सफल पार्न सम्पूर्ण सरोकारवाला निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले  भौतिक पूर्वाधारको पर्याप्तताले प्रहरी सेवा प्रवाहमा थप चुस्तता प्रदान गर्ने बताए ।

भवन निर्माण कार्यमा सहयोग गर्ने साथै जग्गा उपलब्ध गराउने व्यक्ति र प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरञ्जन कुमारले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ५१ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–