क्यान्सरबाट बचाउँने काउलीलाई यसरी खानुहोस् « Khabarhub

क्यान्सरबाट बचाउँने काउलीलाई यसरी खानुहोस्


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई निष्क्रिय पार्छ ।

यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।

जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त हप्तामा धेरै काउली खाने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।

खाने विधि
अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् ।

विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’ यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ । साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ ।

काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ । चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ । यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।

काउलीमा हुने पौष्टिक तत्व

१२८ ग्राम काउली खाएमा शरिरले निम्न अनुसारका पौष्टिक तत्वहरु पाउँने गर्छ ।

क्यालोरी–                            २५ ग्राम
फाइबर–                             ३ ग्राम
भिटामीन ‘सी’–                     दैनिक आवश्यक मात्राको ७७ प्रतिशत
भिटामीन ‘के’–                      दैनिक आवश्यक मात्राको २० प्रतिशत
भिटामीन ‘बी ६’–                   दैनिक आवश्यक मात्राको ११ प्रतिशत
फ्लोएट–                               दैनिक आवश्यक मात्राको १४ प्रतिशत
पान्टोथेनिक एसिड–               दैनिक आवश्यक मात्राको ७ प्रतिशत
पोटासियम–                          दैनिक आवश्यक मात्राको ९ प्रतिशत
म्यान्गानिज–                         दैनिक आवश्यक मात्राको ८ प्रतिशत
म्याग्नेसियम–                         दैनिक आवश्यक मात्राको ४ प्रतिशत
फोस्फरस–                           दैनिक आवश्यक मात्राको ४ प्रतिशत

निकै धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ । यसमा भएको फाइबरले पेटमा सकारात्मक ब्याक्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पाचन प्रणाली सुधार्छ ।

अन्य फाइदा

काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।

काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  २ : ५५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको