२० हजार लिटर डिजेल भरिएको आयल निगमको ट्याङ्कर अपहरणकारीको कब्जामा « Khabarhub

२० हजार लिटर डिजेल भरिएको आयल निगमको ट्याङ्कर अपहरणकारीको कब्जामा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमको तेल बोक्ने ट्याङ्ककर अपहरणमा परेको छ ।

आइतबार अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगरका लागि हिँडेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाका लहानबाट अपहरणकारीले कब्जा गरेको नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतले जानकारी दिए ।

गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर ८ जना अपहरणकारीले कब्जामा लिएका हुन् ।

हाल ट्याङ्कर कहाँ र कस्तो अवस्थामा छ भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन नसकेको गोइतले जानकारी दिए ।

आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएका आयल निगमले जनाएको छ ।

ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छाडेको गोइतले जानकारी दिए ।

आयल निगमले पेट्रोल ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा छानबिन गर्न इन्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई सत्यतथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ५९ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष