रियल र बार्सिलोनाले खेले गोल रहित बराबरी « Khabarhub

रियल र बार्सिलोनाले खेले गोल रहित बराबरी


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल गोल गोल रहित बराबरीमा टुंगिएको छ ।

पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ ।
गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् ।

दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग स्पष्ट ५ अंकको अग्रता लिएका छन् ।

खेलका दुवै टिमले गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् । १७ औं मिनेटमा रियलका क्यासमिरोको हेड बललाई जेरार्ड पिकेले गोल लाईनबाट हटाएका थिए । दोस्रो हाफमा ग्यारेथ बेलको गोल गरे पनि रेफ्रीले उक्त गोल अफसाईड दिएका थिए ।

ला लिगामा १ सय ७९ औ भेट अक्टोबर २६ मा तय थियो । तर क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको सारिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : २५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका