रियल र बार्सिलोनाले खेले गोल रहित बराबरी « Khabarhub

रियल र बार्सिलोनाले खेले गोल रहित बराबरी


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल गोल गोल रहित बराबरीमा टुंगिएको छ ।

पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ ।
गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् ।

दुवैले तेस्रो स्थानको क्लब सेभिल्लासंग स्पष्ट ५ अंकको अग्रता लिएका छन् ।

खेलका दुवै टिमले गोल गर्ने मौका पाए पनि गोल गर्न सकेनन् । १७ औं मिनेटमा रियलका क्यासमिरोको हेड बललाई जेरार्ड पिकेले गोल लाईनबाट हटाएका थिए । दोस्रो हाफमा ग्यारेथ बेलको गोल गरे पनि रेफ्रीले उक्त गोल अफसाईड दिएका थिए ।

ला लिगामा १ सय ७९ औ भेट अक्टोबर २६ मा तय थियो । तर क्याटलोनियामा भएको राजनीतिक प्रर्दशनलाई लक्षित गर्दै एल क्लासिको सारिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ६ : २५ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा