अमेरिकी राष्ट्रपतिमाथि महाभियोग, अब यस्तो हुन्छ प्रक्रिया | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिमाथि महाभियोग, अब यस्तो हुन्छ प्रक्रिया


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गुम्ने छैन् । अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ ।

माथिल्लो सदन सिनेटले पनि ट्रम्पविरुद्ध महाभियोग लगाए उनको राष्ट्रपति पद गुम्ने छ । माथिल्लो सदनमा ट्रम्पको पक्षमा मत आउने छ । जानकारहरुका अनुसार यदी २० रिपब्लिकन मत ट्रम्पको विपक्षमा गए उनी राष्ट्रपतिबाटै हट्नुपर्ने अवस्था आउने छ ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।

मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

अमेरिकाको ४५ औं राष्ट्रपति बनेका ट्रम्प महाभियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् । यसअघि सन् १८६८ मा लिन्डन बी जोनसन र १९९८ बिल क्लिन्टनमाथि महाभियोग थालेको थियो ।

यी दुवै राष्ट्रपतिले आफ्नो कुर्सी जोगाएका थिए । त्यस्तै रिचर्ड निक्सनले भने महाभियोग भन्दा अघि नै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : ३८ बजे

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको