आपसी खिचातानी छाड्न पौडेललाई गच्छदारको आग्रह « Khabarhub

आपसी खिचातानी छाड्न पौडेललाई गच्छदारको आग्रह


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —कांग्रेस उपसभापति विजय गच्छदारले पार्टीको विवाद समाधानका लागि आपसी खिचातानीभन्दा मिलेर अगाडि बढ्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

बिहीवार विहान वरिष्ठ नेता पौडेलसँग उपसभापित गच्छदारले भेटवार्ता गरेका थिए । ‘पार्टीको समस्या समाधानका लागि आपसी खिचातानीभन्दा पनि मिलेर अगाडि बढौं,’गच्छदारलाई उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पार्टी कमजोर भएको बेला एकीकरण भएमात्र विपक्षीलाई तह लगाउन सकिन्छ।’

पौडेललाई भेटेलगत्तै गच्छदार सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठतर्फ गएका थिए । कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता समितिले अनौपचारिक वार्ता समितिले छलफल जारी राखेको बेला अन्य नेताहरुले पनि नेतृत्वलाई दबाब दिन थालेका छन् ।

प्रवक्ता शर्माका अनुसार नेताहरु प्रदीप गिरी, नरहरि आचार्यले पनि बिहीबार नै देउवा र पौडेललाई भेट्दैछन्।

१४ औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन, तरुण दलको म्याद थप र कार्यसमिति विस्तार तथा विभाग गठनलगायत विषयमा नेपाली कांग्रेसमा विवाद देखिएको छ । जसका कारण केन्द्रीय कार्यसमित बैठक बस्न सकिरहेको छैन ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १ : १० बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ