अब विद्युतीय मोटरसाइकलको उत्पादन नेपालमै | Khabarhub Khabarhub

अब विद्युतीय मोटरसाइकलको उत्पादन नेपालमै


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा नै विद्युतीय मोटरसाइल उत्पादन गर्ने भएको छ ।

‘यात्री मोटरसाइकल्स’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को लगभग सबै काम सकिएको र बिहीबार यसको औपचारिक घोषणा गरिने कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिए ।

यो विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गरेका हुन । त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् ।

सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिए ।

सरकारले विदेशमा उत्पादन गरिएका विद्युतीय गाडी र मोटरसाइकललाई थोरै मात्र कर लिने भए पनि आफूहरुले विद्युतीय मोटरसाइकलका लागि आवश्यक पर्ने पार्ट्स ल्याउँदा भने ३० देखि ३५ प्रतिशतसम्म कर तिर्नुपरेको पाण्डेले बताए । विद्युतीय मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १ : ४९ बजे

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा