विहीवार सूर्य ग्रहण लाग्ने, सूतककालमा भुलेर पनि नगर्नुस् यी काम यी काम « Khabarhub

विहीवार सूर्य ग्रहण लाग्ने, सूतककालमा भुलेर पनि नगर्नुस् यी काम यी काम


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

यही वि.सं. २०७६ पौष १० गते बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।

नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनट सूर्य ग्रहरणको प्रभाव रहने ज्योतिषी दीपक सुवेदीले बताए । यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने उनले बताए ।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाइ छ

सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन । मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : ३८ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण