दीक्षित विद्यार्थीको प्रश्नः अब के गर्ने ? | Khabarhub Khabarhub

दीक्षित विद्यार्थीको प्रश्नः अब के गर्ने ?


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीवार ललितपुरको पुलचोक क्याम्पस खेल मैदान गाउन लगाएका विद्यार्थीले भरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयबाट पीएचडी, एमफील तथा कृषि तथा पशु विज्ञान, शिक्षा, मानविकी, इन्जिीनियरिङ्ग, वन विज्ञान, कानून, चिकित्सा, व्यवस्थापन र विज्ञानमा स्नातकोत्तर र स्नातक गरेका झण्डै १० हजार विद्यार्थी त्रिविको ४५ औं दीक्षान्त समारोहमा दीक्षित हुन पुल्चोक पुगेका थिए ।

त्रिविबाट उच्च शिक्षा हासिल गरेर २०७५ सालको असार १ गतेदेखि २०७६ साल जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थीमध्ये १० हजार सो दीक्षान्तमा सहभागि थिए ।

त्रिविका कुलपति अनुपस्थित भएपछि त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई दीक्षित गरेका थिए ।

त्रिविका सहकुलपति एवं शिक्षा मन्त्री पोखरेलले सबै संकायका विद्यार्थीहरुलाई एकसाथ ४ प्रश्नको प्रतिज्ञा गर्न लगाए ।

‘सिफरिस गरिएबमोजिम तपाईहरुलाई उपाधि प्रदान गरिएकमा के तपाईहरु आफ्नो दैनिक जीवन र क्रियाकलापमा यस विश्वविद्यालयका सदस्यहरुलाई सुहाउने गरी व्यवहार गर्ने छौं भनी इमान्दारीसाथ र विधिपूर्वक प्रतिज्ञा गर्नुहुन्छ ?समारोहको रोष्टमबाट शिक्षा मन्त्री पोखरेलले दीक्षित हुने विद्यार्थीलाई पहिलो प्रश्न सोधे ।

‘म प्रतिज्ञा गर्छु/हुन्छ ।’ खेल मैदानका उभिएका विद्यार्थीहरुको आवजले पुल्चोक गुञ्जयमान भयो ।

‘आफूले पाएसम्म र आफ्नो समयले भेटेसम्म के तपाईहरु खँदिलो शिक्षा र नैतिकताको समर्थन गर्ने र तिनीहरुलाई प्रोत्साह दिने प्रतिज्ञा गर्नुहुन्छ ?’ शिक्षा मन्त्री पोखरेलले दीक्षित हुने विद्यार्थीलाई अर्को प्रतिज्ञा गर्न लगाए ।

सबै विद्यार्थीहरुले एकै स्वरमा भने, ‘म प्रतिज्ञा गर्छु ।’

शिक्षा मन्त्री पोखरेलले तेस्रो प्रतिज्ञा गर्न लगाए, ‘के तपाईहरु सकेसम्म सामाजिक व्यवस्थाको स्तर उच्च गराउने र जनसाधारणको हित गर्ने प्रतिज्ञा गर्नुहुन्छ ?

‘म प्रतिज्ञा गर्छु ।’ विद्यार्थीले आज्ञाकारी हुँदै प्रतिज्ञा गरे ।

‘तपाईहरुलाई प्रदान गरिने उपाधिको नाताले के तपाईहरु आफूले पूरा गर्नुपर्ने आफ्ना व्यवसायसँग सम्बन्धित कर्तव्यहरु इमान्दारी र होशियारसाथ पालना गरी सधैं तपाईहरु स्वच्छता र इज्जत कायम गरी आफ्नो ज्ञानलाई उचित दिशातिर लगाएर त्यसको उच्च प्रयोगको सोझो बाटो कहिल्यै छाड्ने छैनौं भनी प्रतिज्ञा गर्नुहुन्छ ?’

शिक्षा मन्त्रीको अन्तितम प्रतिज्ञामा सबै विद्यार्थीले ‘म प्रतिज्ञा गर्छु’ भन्दै सहमति जनाए ।

प्रतिज्ञाको कार्यक्रम सम्पन्न भएपछि प्रत्येक संकायका डीनहरुले आफ्नो संकाय अनुसार ५७ औं ग्रेसलिष्टमा परेका विद्यार्थीलाई उपाधि प्रदान गर्ने अनुमति त्रिविका सहकुलपति सामु मागे । प्रत्येक संकायका ५७ औं ग्रेससिलष्टमा परेका विद्यार्थीहरुले उठेर आफुलाई चिनाए ।
सो समारोह पछि त्रिविका संकाय अनुसार डीनहरुले पालैसँग विद्यावारिधि उपाधि पाउने विद्यार्थीहरुलाई पहिलो चरणमा स्टेजमा बोलाएर त्रिविका सहकुलपति एवं शिक्षामन्त्री पोखरेलको हातबाट उपाधि प्रदान गरे ।

सबै संकायमा विद्यावारिधि गर्ने विद्यार्थीलाई उपाधी दिएपछि त्रिविबाट उत्कृष्टता हासिल गरी पदक र परस्कार पाउन योग्य ठहरिएका उम्मेदवारहरुलाई पदक र पुरस्कार प्रदान गरियो ।

दीक्षित हुने विद्यार्थी के भन्छन् ?

त्रिविको ४५ औं दीक्षान्त समारोहमा दीक्षित हुन पुगेका विद्यार्थीमा दीक्षित हुन पाउँदे प्रफुल्ल थिए । उच्च शिक्षा पूरा गरेपछिको अबको बाटो कता भन्नेमा अन्यौतला भने हटेको थिएन ।

‘आज दीक्षित हुँदा त रमाइलो भइरहेको छ, तर आफूले पढेअनुसारको काम त नेपालमा पाउन गाह्रै छ,’ पुल्चोकमा दीक्षित हुन पुगेका अनिल पुडासैनीले भने, ‘म मेरै बारेमा भन्छु, २०७५ मा कम्युटर इन्जिनियरिङ पास गरेपछि एउटा आइटि कम्पनीमा इन्टन गर्न गए, तर त्यहाँ सोचेजस्तो भएन फेरि त्यो फिल्ड छाडेर म कलेज पढाएर बस्दै छु ।’

पुडाशैनीले पढेअनुसार रोजगारीको अवसर नहुँदा इन्जिनियरिङ पढ्नेहरु पढाइ पूरा गरेपनि विदेश जाने गरेको उनले सुनाए ।

‘पढिसकेपछि आधा विद्यार्थी त विदेश नै जान्छन्, नेपाल बस्न रुचाउँदैनन्,’ उनले भने, ‘केहीले नेपालमै काम गर्छन् तर इन्जिनियरिङ पढेर काम गर्ने र प्लस टु पढेर ३ महिना तालिम लिनेको भ्यालु उस्तै छ । पढेर मात्र कुनै भ्यालू छैन ।’

पुल्चोक क्याम्पसबाटै सिभिल इन्जिनियरिङमा स्नातक तहमा प्रथम भएकी स्वाती आचार्यले गोल्ड मेडल पाइन् । स्नातक तहको पढाइसँगै लोकसेवा तयारी गरेकी आचार्यले सरकारी सेवामा नाम समेत निकालिसकेकी छन् । बिहीबार त्रिविको दीक्षन्त समारोहमा गोल्ड मेडल पाएकी आचार्य पनि कोर्षबुकको पढाइले मात्र जीवनमा कुनै उपलब्धि नहुने बताउँछिन् ।

‘नेपालमै केही गर्नुपर्छ भनेर पहिला देखि नै सरकारी जागिरको तयारीमा लागेको थिएँ, अहिले सरकारी जागिर पनि गरिरहेकी छु,’आचार्यले भनिन्, ‘अरु इन्जिनियरिङ भन्दा सिभिलमा केही अवसर छ, आफू योग्य भइयो भने रोजगारीको अवसर पाइन्छ । तर किताबको मात्र भर प¥यौं त्यो पढाइले मात्र केही हुनेवाला छैन, त्यसैले कोर्षबुकसँगै अन्य स्कीलहरु पनि बढाउँदै लग्यौं भने चाँहि अवसरहरु पाइन्छ । किताब पढेर मात्र उत्कृष्ट भइदैन ।’

पुल्चोक क्याम्पसमा पूर्ण छात्रवृत्तिमा स्नातक पूरा गरेकी आचार्य नेपालमै बसेर काम गर्ने सोचमा छिन् । नेपालमा उच्च शिक्षा प्राप्त गरेपछि पनि धेरै विद्यार्थी बेरोजगार हुने गरेको भन्दै आचार्यले रोजगारिमुलक शिक्षामा जोड दिनुपर्ने बताइन् ।

दीक्षित विद्यार्थी ७० हजार, समारोहमा १० हजार मात्र उपस्थित

त्रिविमा पाँच वटा अध्ययन संस्थान र चार वटा संकाय अन्तर्गत ६२ वटा आङ्गिक र १ हजार ६१ वटा सम्बन्ध क्याम्सहरुबाट अध्यापन हुँदै आएको छ ।

त्रिविका अनुसार ५७ औं ग्रैस लिस्टको ४५ औं दीक्षन्त समारोहमा २०७५ सालको असार १ गतेदेखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । तर त्रिविले बिहीवार आयोजना गरेको दीक्षान्त समारोहमा भने १० हजार १ सय ८३ जना विद्यार्थी मात्र सहभागि भएका छन् ।

५७ औं ग्रैस लिस्टमा कुन संकायका कति विद्यार्थी

त्रिविबाट यो वर्ष दिक्षित हुनेमा ७० हजार ७७ जना छन् । ती मध्ये सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायका छन् ।

व्यवस्थापन संकायमा ५७ औं ग्रेस लिस्टमा २२ हजार ७ सय ९८ जना विद्यार्थी छन् ।

यस्तै शिक्षा शास्त्र संकायमा २ हजार ६ जना, मानविकी तथा सामाजिक शास्त्र संकायमा १३ हजार ६ सय ९५ जना, कानून संकाय तर्फ १ हजार ६ सय ६६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका ६ हजार ४ सय ५२ जना, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ९ सय ७२ जना दीक्षित भएका छन् ।

यस्तै चिकित्साशास्त्र अध्ययन संस्थानका १ हजार ७ सय १९ जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानतर्फका २ सय १० जना विद्यार्थी यसवर्ष दीक्षित भएको त्रिविले जनाएको छ ।

ती मध्ये त्रिविको ४५ औं दीक्षन्त समारोहमा भने पीएचडी तर्फाका ८७, एमफील ४० स्नातकोत्तर र स्नातक तह उत्र्तीण गरेका कृषि तथा पशुविज्ञानमा १ सय ३२ जना, शिक्षामा ७ सय ७१, मानविकीमा २ हजार ९१, इन्जिनियरिङमा १ हजार १ सय ८६, वन विज्ञानमा ३३ कानुनमा १ सय ८० जना मात्र सहभागि थिए ।

यस्तै चिकित्सामा ८ सय ६४, व्यवस्थापनामा ३ हजार ७ सय ३ र विज्ञानमा १ हजार ९८ जना दीक्षित हुन पुल्चोक पुगेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ०५ बजे

श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन

काठमाडौं– श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

बेलैमा सचेत बनौं, प्रतिरक्षात्मक उपायहरु अपनाऔं

काठमाडौँ – आज विश्व अल्जाइमर्स चेतना दिवस। ‘अबको आवश्यकताः अल्जाइमर्स

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च