राजपासँगको सहमतिबाट झस्कनु पर्दैनः मन्त्री बाँस्कोटा « Khabarhub

राजपासँगको सहमतिबाट झस्कनु पर्दैनः मन्त्री बाँस्कोटा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपाले राष्ट्रिय जनता पार्टी नेपालसँग गरेको सहमतिबाट कोही झस्किनु नपर्ने बताएका छन् ।

नेकपासँग भएको समहतिसँगै राजपा सरकारमा सामेल हुन लागेको हो ? भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारलाई नै समर्थन गरेको पार्टी भएकाले सम्झौताबाट कोही पनि झस्कनु आवश्यक नरहेको बताए ।

उनले भने, “हामी पद्धतिको विपक्षीलाई मान्ने व्यवहारमा कसैलाई विपक्षी बनाउन नचाहने हो त्यसैले राजपा पनि सरकारलाई समर्थन गरेकै पार्टी हो । बीचमा अलिकति खाल्डाखुल्डी परेको थियो अब फेरि पुरिएको होला । यसले राष्ट्र निर्माणमा र राष्ट्रहितका विषयमा बलियो सहकार्य गर्ने भनेको छ । यो राम्रै भएको छ । राजनीतिमा यस्तो भइरहन्छ । हामीलाई गणित नपुगेर यो काम गरिरहेको होइन ।”

उनले सरकारको नीतिअनुरूप नै देश निर्माणको जग राख्ने अहिलेको समयमा अरु कुनै मुद्दा बाँकी छैनन् भन्दै प्रधानमन्त्रीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई साकार पार्नका निम्ति विकास प्रक्रियामा सबै एकै ठाउँ उभिनुपर्ने बताए ।

“यसमा भागबण्डाको कुरै भएन, उदार हुनुपर्छ, एक/दुई सिट गए जान्छ तर, साथ दिन्छु हात दिन्छु भनेर आउँछन् भने स्वागत छ, भन्ने हो त्यही कुराको प्रक्रिया शुरु भयो । मन्त्री आउँछन्, जान्छन्, देश बन्नुप¥यो”, उनले भने ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ५७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर