ओली सरकारलाई अमेरिकी विदेशमन्त्रीको पत्र– तिब्बती शरणार्थीबारे मुख्य चासो « Khabarhub

ओली सरकारलाई अमेरिकी विदेशमन्त्रीको पत्र– तिब्बती शरणार्थीबारे मुख्य चासो


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेकोमा शुभकामनासहित पत्र पठाएका छन् ।

लामो द्वन्द्वपछि शान्तिपूर्ण निर्वाचनबाट गठन भएको ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेकोमा शुभकामनासहित लेखिएको पत्रमा विदेशमन्त्री पोम्पेओले अमेरिका नेपालको राजनीतिक स्थायित्व तथा आर्थिक विकासको पक्षमा रहेको उल्लेख गरेका छन् ।

पत्रमा अमेरिकाले नेपालको विकासमा मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत् सहयोग गर्दै आएको र यसले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरिएको छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७ मा भएको सम्झौता अनुसार अमेरिकाले यस परियोजनाअन्तर्गत ५ सय मिलियन अमेरिकी डलर अर्थात् करिब ५५ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग गर्दै आएको छ ।

पत्रमा विदेशमन्त्री पोम्पेओले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी तथा तिब्बती शरणार्थीको विषयमा पनि नेपालको साथ खोजेका छन् ।

उनले संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दीलाई नेपालले पनि सम्मान गर्दै त्यस अनुसार उत्तर कोरियाविरुद्ध कदम चाल्नुपर्ने जनाएका छन् ।

त्यस्तै, पत्रमा नेपाल आउने तिब्बती शरणार्थीलाई नेपाल सरकारले चीनतिरै फर्काउने गरेको भन्दै त्यसबारे पनि चासो व्यक्त गरिएको छ ।

त्यसबाहेक विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको इण्डोप्यासिफिक कमाण्डमा साथ दिन समेत आह्वान गरेको छ । नेपाल इण्डो प्यासिफिक कमाण्डमा आएमा त्यसले नेपालको विकास तथा समृद्धिमा ठूलो योगदान दिने जनाइएको छ ।

गत डिसेम्बर महिनामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरी आफ्नो अमेरिकी समकक्षीसँग भेट गरेपछि अमेरिका र नेपालबीचको सम्बन्धले नयाँ उचाई लिएको टिप्पणी भइरहेका बेला विदेशमन्त्री पोम्पेओले नेपाल सरकारलाई पत्र लेखेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ३९ बजे

‘सदनमा उठेका सबै विषयलाई बजेटमा सम्बोधन गर्न खाजिएको छ’

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदनमा उठेका

यामको कार्साङमा दयाहाङ अनुबन्धित

काठमाडौं– अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका

राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजना इपिसीएफ अवधारणामा बनाइनुपर्ने

काठमाडौँ– सांसद रघुवीर महासेठले बजेटको कार्यान्वयन पक्षबारे प्रश्न उठाएका छन्

मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण

गण्डकी– भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा

बुधबार सेयर बजारमा ४.६८ अंकको वृद्धि

काठमाडौँ– सेयर बजार बुधबार ४.६८ अंकले बढेको छ । नेप्से