ओली सरकारलाई अमेरिकी विदेशमन्त्रीको पत्र– तिब्बती शरणार्थीबारे मुख्य चासो « Khabarhub

ओली सरकारलाई अमेरिकी विदेशमन्त्रीको पत्र– तिब्बती शरणार्थीबारे मुख्य चासो


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेकोमा शुभकामनासहित पत्र पठाएका छन् ।

लामो द्वन्द्वपछि शान्तिपूर्ण निर्वाचनबाट गठन भएको ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेकोमा शुभकामनासहित लेखिएको पत्रमा विदेशमन्त्री पोम्पेओले अमेरिका नेपालको राजनीतिक स्थायित्व तथा आर्थिक विकासको पक्षमा रहेको उल्लेख गरेका छन् ।

पत्रमा अमेरिकाले नेपालको विकासमा मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत् सहयोग गर्दै आएको र यसले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धमा महत्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गरिएको छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७ मा भएको सम्झौता अनुसार अमेरिकाले यस परियोजनाअन्तर्गत ५ सय मिलियन अमेरिकी डलर अर्थात् करिब ५५ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग गर्दै आएको छ ।

पत्रमा विदेशमन्त्री पोम्पेओले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी तथा तिब्बती शरणार्थीको विषयमा पनि नेपालको साथ खोजेका छन् ।

उनले संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दीलाई नेपालले पनि सम्मान गर्दै त्यस अनुसार उत्तर कोरियाविरुद्ध कदम चाल्नुपर्ने जनाएका छन् ।

त्यस्तै, पत्रमा नेपाल आउने तिब्बती शरणार्थीलाई नेपाल सरकारले चीनतिरै फर्काउने गरेको भन्दै त्यसबारे पनि चासो व्यक्त गरिएको छ ।

त्यसबाहेक विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको इण्डोप्यासिफिक कमाण्डमा साथ दिन समेत आह्वान गरेको छ । नेपाल इण्डो प्यासिफिक कमाण्डमा आएमा त्यसले नेपालको विकास तथा समृद्धिमा ठूलो योगदान दिने जनाइएको छ ।

गत डिसेम्बर महिनामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरी आफ्नो अमेरिकी समकक्षीसँग भेट गरेपछि अमेरिका र नेपालबीचको सम्बन्धले नयाँ उचाई लिएको टिप्पणी भइरहेका बेला विदेशमन्त्री पोम्पेओले नेपाल सरकारलाई पत्र लेखेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ३९ बजे

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि