नेपाली यु-२३ फुटबल टोली कतार प्रस्थान, पहिलो खेल ओमानसँग « Khabarhub

नेपाली यु-२३ फुटबल टोली कतार प्रस्थान, पहिलो खेल ओमानसँग


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यु—२३ क्वालिफाएरर्स खेल्ने नेपाली यु–२३ फुटबल टोली कतार प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार प्रस्थान गरेको नेपाली टोलीलाई एक कार्यक्रमकाबीच मंगलबार विदाई गरेको थियो ।

२३ सदस्यीय टोली मंगलबार नै त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगिता मार्च २२ देखि २६ सम्म हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले कतार, ओमान र अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, रहेका छन् । यस्तै, अर्पण कार्की, असिम भुसाल, विकास खवास, बिमल घर्ति मगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरब बुढाथोकी छन् भने यस्तै हेमन्त थापा मगर,कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की रहेका छन् । टोलीको मुख्य प्रशिक्षकका रुपमा बाल गोपाल महर्जन र सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् ।

नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा र दोस्रो खेल मार्च २४ मा कतारसँग र अन्तिम खेल मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ । क्वालिफाएरको शीर्ष टोलीले एएफसी यू—२३ च्याम्पियनसिप खेल्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १० : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका