कर्मचारी समायोजनमा बेथिति : पहुँचवालाका आफन्त नियमविपरीत सरुवा « Khabarhub

कर्मचारी समायोजनमा बेथिति : पहुँचवालाका आफन्त नियमविपरीत सरुवा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल सरकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । जस अन्तगर्त सचिव कृष्णप्रसाद देवकोटाकी पत्नी दिलकुमारी कार्यालयमै हाजिर भइन ।

त्यस्तै सचिव खगराज बरालका भाइ बाबुराम रौटहट छाडेर लमजुङ पुगेका छन् । सहसचिव शिवराम न्यौपानेकी छोरी आरती भरतपुर महानगर छाडेर बाबुकै कार्यालयमा आएकी छन् । सहसचिव रामेश्वर दंगालका छोरा सुजन भरतपुर महानगर छोडेर अख्तियारमा आएको कान्तिपुर दैनिकमा खबर छ ।

त्यस्तै रोक्का भएन बालुवाटारको जग्गा शीर्षकको समाचारमा बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्व्यन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ ।

त्यस्तै स्थानीय तहमा नयाँ अभ्यास, सामुदायिकमा गाभिए निजी स्कुल शीर्षक दिएर पत्रिकाले छापेको समाचारमा गुल्मी, पाल्पामा बोर्डिङ नराख्ने अभियान विस्तारै शुरु भएको छ । त्यसका लागि अभ्यास पनि थालिएको खबर छापिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ५३ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल