सरकारविरुद्ध आन्दोलन गर्ने बेला भइसक्यो : कांग्रेस सभापति देउवा « Khabarhub

सरकारविरुद्ध आन्दोलन गर्ने बेला भइसक्यो : कांग्रेस सभापति देउवा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै सरकारविरुद्ध आन्दाेलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेवि संघ काठमाडौंले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताए ।

‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेवि संघ जाग्नुपर्ने बेला आएको छ,’ देउवाले भने ।

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेवि संघको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेवि संघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ थियो ।

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । ‘नेवि संघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ कोइरालाले भने।

कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । ‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेवि संघको संगठन विस्तारमा लाग्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : १७ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि