सरकारविरुद्ध आन्दोलन गर्ने बेला भइसक्यो : कांग्रेस सभापति देउवा « Khabarhub

सरकारविरुद्ध आन्दोलन गर्ने बेला भइसक्यो : कांग्रेस सभापति देउवा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै सरकारविरुद्ध आन्दाेलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसका अवसरमा नेवि संघ काठमाडौंले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताए ।

‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेवि संघ जाग्नुपर्ने बेला आएको छ,’ देउवाले भने ।

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेवि संघको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेवि संघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ थियो ।

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । ‘नेवि संघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ कोइरालाले भने।

कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । ‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेवि संघको संगठन विस्तारमा लाग्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : १७ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५

सांसदहरूलाई ओलीले भने- जनताको आवाज सशक्त रूपमा संसद्‍मा उठाउनुस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १०

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, दश उद्योगको लाइन काटियो

काठमाडौं– औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म

अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता

काबुल– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने