स्थानीय निकायले गरे विद्यालयमा कडाइ, बिदामा बस्ने शिक्षकको तलब कट्टा गरिने « Khabarhub

स्थानीय निकायले गरे विद्यालयमा कडाइ, बिदामा बस्ने शिक्षकको तलब कट्टा गरिने


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–  नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताए ।

उनका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भने, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौं ।” उनले सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापर्वाहीबारे अभिभावकले गाउँपालिकामा उजुरीसमेत गर्नसक्ने प्रावधान बनाइएको बताए ।

गत शैक्षिक सत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रधानाध्यापकलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअ समेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिए ।

उनले भने “अब प्रअले शिक्षक विद्यालय आएको–गएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ ।” प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ । हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाइएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताए ।

“अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ ” उनले भने ।  माविसम्मका ४३ वटा विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब तीनसय शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकाले वैशाख महीनादेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ३ : ३१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन