बालुवाटार प्रकरण : जग्गा किनबेच गर्नेलाई कांग्रेसले नछाड्ने « Khabarhub

बालुवाटार प्रकरण : जग्गा किनबेच गर्नेलाई कांग्रेसले नछाड्ने


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बालुवाटारको जग्गा किनबेच गर्ने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।

कास्कीको सार्दीखोलामा बीपी स्मृति भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारी जग्गालाई व्यक्तिको नाममा किनबेच गरेकोमा आपत्ति प्रकट गर्दै कांग्रेसले जो कोहिलाई नछाड्ने बताएका हुन् ।

उनले सरकारको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो ? बेच्ने को हो किन्ने को हो ? भनेर प्रश्न समेत गरे । सुवर्ण शम्सेरको जग्गा तत्कालीन राजा महेन्द्रले अतिक्रमण गरेको स्मारण गर्दै किनबेच गर्न नपाइने जग्गा कसरी किनबेच भयो भनेर आश्चर्य प्रकट गरे ।

सभापति देउवाले केपी ओली सरकार भ्रष्टाचारमा डुबेको र देशमा लुटतन्त्र मच्चाएको आरोप समेत लगाए । उनले निर्मला पन्त हत्याकाण्डमा सरकार कै हात रहेको औल्याउँदै सरकार नै दोषी लुकाउन लागेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सिंहदरवारमा बसेर कम्युनिष्टको बर्को ओडेर देश लुट्न नपाइने भन्दै कम्युनिष्टले प्रधानमन्त्री निवास बालुवाटारमा समेत आँखा गाँडेको आरोप लगाए । उनले प्रधानमन्त्रीले कांगेसलाई कथाकथित भनेर आफ्नै खिल्ली उडाएको जिकिर गरे ।

कांग्रेस राजसंस्थाविरुद्ध सडकमा हुदाँ बालकोटमा बसेर बयलगाडा चढेर अमेरिका पुगिन्न भन्ने तपाँई नै हैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे । केन्द्रीय सदस्य गुरुङले जनताको मोवाइल नछिर्ने विमानस्थलबाट माफियाको टनका टन सुन कसरी छिर्ने गरेको भन्दै सरकारको आलोचना गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : ४८ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई