बङ्गलादेशकी छात्रालाई प्रधानाध्यापकको आदेशमा आगो लगाइ हत्या गरिएको खुलासा « Khabarhub

बङ्गलादेशकी छात्रालाई प्रधानाध्यापकको आदेशमा आगो लगाइ हत्या गरिएको खुलासा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ ।

उन्नाइस बर्षीया रफीमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ ।

दक्षिण एशियाली मुलुक बङ्गलादेश नसरतको हत्यालाई देशभर आन्दोलन भएपछि प्रधानमन्त्रीले घटनामा सम्लग्न जोकोहीलाई कानूनी कठघरामा उभ्याइने बताएका थिए ।

“रफीलाई उनी सहभागी एक कार्यक्रमस्थलबाट सोही घरको छतमा लगी प्रहरीमा दायर भएको यौन दुब्र्यवहारसम्बन्धी मुद्दालाई फिर्ता लिन दवाब दिएको तर मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको हत्या आरोपमा पक्राउ परेका १७ जनामध्ये एक आरोपितले बयान दिएका छन्,” अनुसन्धानमा सम्लग्न वरिष्ठ प्रहरी उपरिक्षक मोहम्मद इकबालले एएफपीलाई बताए ।

रफीले मार्चको अन्त्यतिर आफूमाथि यौन दुब्र्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेको तर प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घटनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देशव्यापीरूपमा चर्चा पाएको थियो ।

वयानमा पक्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा स्कार्फले बाँधी आगो लगाएको जनाइएको छ । उक्त घटनामा तीन जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ ।

किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भएपनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरिक्षक इकबालले बताए ।

करिब ८० प्रतिशत शरिरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो । रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन् ।

उनले भिडियोमा भनेकी थिइन्, “प्रधानाध्यापकले मलाई गरेको यौन आक्रमणको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु ।” उनले घटनामा सम्लग्न अन्य केहीको पनि परिचय दिएकी थिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह