बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो « Khabarhub

बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ। सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो। तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ। आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ। यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ। तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेको नयाँ पत्रिकामा खबर छ ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ। तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ। ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन्। त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ। तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए। ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो।’

समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन्। कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शुक्रबार कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा पिआर निर्माण सेवा, सीता निर्माण सेवा, एमके थ्रिस्टी जेभी, नेपाल स्वाभिमान प्रालि, नेसनल बायोमेडिकल प्रालि, सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक एन्ड ट्रेड कम्पनी लिमिटेड, चाइना साङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र दिनेश कन्स्ट्रक्सन छन्।

ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। त्यो अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

यही गतिमा काम भए महाकाली सिँचाइ आयोजना सक्न १२० वर्ष शीर्षकमा अर्को समाचार छापिएको छ । महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ। दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो। कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ।

१६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६३/६४ बाट नहर खन्न सुरु गरिएको थियो। तर, चैत ०७३/७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ। गत वर्ष थप १६ किमि नहर निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावमा काम अघि बढेको छैन। यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने देखिन्छ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ७ : ०६ बजे

बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बाँदरको एउटा बच्चाको भिडियोले यतिबेला विश्वभरको

घट्दै काठमाडौंको प्रदूषण, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं– काठमाडौं उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । आज दिउँसो

शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने

रौतहटमा दुई समुदायबीच तनाव, सेनासहितका ५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं- रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि