अपडेट : त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते « Khabarhub

अपडेट : त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज (आइतबार) बिहान दुर्घटना ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ८ : ५० बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्