विश्व चर्चित कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्की सहभागी हुने « Khabarhub

विश्व चर्चित कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्की सहभागी हुने


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै लोकप्रिय फेस्टिभलमा पर्ने कान्स फिल्म फेस्टिभलमा प्रियंका कार्कीले सहभागिता जनाउने भएकी छिन् । फ्रान्समा जारी कान्स फिल्म फेस्टिभल २०१९ मा प्रियंका कार्की २० मे (भोलि) देखि २४ मेसम्म रहनेछिन् ।

नायिका कार्कीले कान्सको रेड कार्पेटमा हिँड्ने सपना भएको बताएकी छिन् । आफूले एक दिन रेड कार्पेटमा हिँड्ने सपना बनाएको र त्यो सपना अहिले आएर पूरा भएको बताएकी छिन् ।

कान्समा सहभागिता जनाउनका लागि उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । प्रियंकाले आफ्ना फ्यानलाई गौरावान्वित गराउने बताएकी छिन् ।

मंगलवार शुरु भएको ७२ औँ कान्स फिल्म फेस्टिभलमा विश्वचर्चित कलाकारहरुको उपस्थिति रहने गर्छ । जारी फेस्टिभलमा अमेरिकी हरर तथा कमेडी फिल्म ‘द डेड डन्ड डाई’ को आधिकारिक प्रिमियर गरिएको थियो । यो फेस्टिवलमा विश्वचर्चित अभिनेताहरुलाई रेड कार्पेटमा स्वागत गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : २७ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै