केटीको विषयमा विवाद हुँदा एक युवकको हत्या « Khabarhub

केटीको विषयमा विवाद हुँदा एक युवकको हत्या


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा छुरा प्रहार गरी एक युवाको हत्या भएको छ ।

शनिबार राति मारेककटहरेस्थित माझगाउँमा लागेको मेलामा महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ । राति करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । हत्या आरोपमा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाँडागाउँका स्थानीय गणेश खातीका अनुसार थम्फराको घाँटीमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि आइतबार बिहान प्रहरी घटनास्थल पुगेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ ।

छुरा प्रहारबाट डाँडागाउँका मनोज लिम्बुखिम पनि घाइते भएका छन् । युवतीका बिषयमा झगडा भएको बताइएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ४६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन