सिटी छोड्ने कोम्पनीको घोषणा, पूर्व क्लबका प्रशिक्षक बन्ने « Khabarhub

सिटी छोड्ने कोम्पनीको घोषणा, पूर्व क्लबका प्रशिक्षक बन्ने


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्चेस्टर सिटीका कप्तान भिनसेन्ट कोम्पनीले क्लब छाड्ने निर्णय गरेका छन् । शनिबार राति एफए कपको उपाधि सिटीलाई दिलाएसँगै बेल्जियमका स्टार खेलाडी भिसेन्ट कोम्पनीले क्लब छाड्ने निर्णय गरेका हुन् ।

सिटीसँगको ११ वर्षे सहयात्रा तोड्दै उत्कृष्ठ डिफेन्डर कोम्पनीले पूर्व क्लव एन्डरलेचमा प्रशिक्षकको जिम्मेवारीमा काम गर्ने बताएका छन् ।

एन्डरलेच बेल्जियमको ए डिभिजन लिग क्लब हो । उनले आफूसँग भएको ज्ञान नयाँ पुस्तासँग साट्ने उदेश्यले प्रशिक्षकको भूमिका निर्वाह गर्ने योजना बनाएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

३३ वर्षे डिफेन्डरले २००३ देखि २००६ सम्म एन्डरलेचबाट खेलेका थिए । ३ वर्ष एन्डरलेचमा बसेका उनले ७३ खेल खेल्दै ५ गोल गरेका थिए ।
शनिवार राति एफए कपको फाइनलमा वार्टफोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै सिटीलाई ‘डोमेस्टिक ट्रिबल’ जिताएका कोम्पनीले उक्त फाइन खेल नै क्लबका लागि अन्तिम खेल भएको घोषणा गरे ।

सिटीमा रहँदा २००८ देखि २०१९ सम्म गरी ११ वर्ष विताएका उनले ४ पटक इङ्ग्लिस प्रिमियर लिग उपाधि र ४ वटै पटक लिग कप जिताएका थिए ।

‘यो निकै कठिन निर्णय हो, जुन मैले कहिलै सोचेको थिएन ।’ आफ्नो जीवन कालको ५ वर्षदेखि नै फुटबलमा लागेका कोम्पनी भने,‘म मेरो ज्ञान आउँदो पुस्तासम्म पुर्याउन चाहन्छु ।’

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : ०७ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ