गर्मीमा ‘कोल्ड ड्रिङ्क्स’ को सट्टा मही पिउनुहोस्, यस्ता छन् फाइदा « Khabarhub

गर्मीमा ‘कोल्ड ड्रिङ्क्स’ को सट्टा मही पिउनुहोस्, यस्ता छन् फाइदा


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शहरी क्षेत्रमा महीको महत्व थाहा हुँदैन । दही–महीभन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो पाइन्छ ।

बजारमा पाइने चीसो पेय पदार्थले मानव स्वास्थ्यलाई पाइदा पुर्याउँदैन भन्ने जान्दाजान्दै पनि मानिसहरु खान छाड्दैनन् । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्ने चिकित्सकहरू बताउँछन् ।

तर बजारमा पाइने पेय पदार्थ भन्दा मही खानु निकै उत्तम हो । अझ गर्मीयाममा मही खानु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरू बताउँछन् । मही खानुका फाइदाहरू यस्ता छन्-

  • गर्मी याममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
  • महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ। महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ।
  • महीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।
  • भुटेको जिराको साथमा मही खाँदा पाचन प्रणाली ठीक राख्‍न मद्दत गर्छ।
  • मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
  • साँझबिहान महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
  • पटकपटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ।
    शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।
  • महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ। गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ०८ बजे

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको

खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी

दुबई- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपेरको असर समग्र खाडी

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया

रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ताविरुद्धको रिटमा आदेश आउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता

इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा