महाकाली अञ्चल अस्पतालमा आइसियू सेवा सञ्चालन भएन « Khabarhub

महाकाली अञ्चल अस्पतालमा आइसियू सेवा सञ्चालन भएन


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगरः महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष (आइसियू )सेवा चार वर्ष सम्म पनि सञ्चालन नहुँदा विरामी मर्कामा परेका छन् । उक्त सेवा आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको हो। बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित आर्थिक वर्ष २०७१÷७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको थियो ।

“आइसियू त स्थापना भए तर चिकित्सकसहितको जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो”, महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भने, “पटक–पटक सञ्चालन गर्न पहल भए पनि केही भएन ।”

सङ्घ र प्रदेश सरकारमा आइसियू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुनसकेको छैन । दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ ।

स्थानीय नागरिक समाज तथा सरोकारवाला निकायले अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहे पनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ । २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन् ।

“आइसियू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०/१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ”, सूचना अधिकृत अवस्थीले भने, “चिकित्सक र आइसियू सञ्चालनका लागि मन्त्री तथा सांसदहरुसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन ।” उनले आइसियू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १० : ४१ बजे

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को