महाकाली अञ्चल अस्पतालमा आइसियू सेवा सञ्चालन भएन « Khabarhub

महाकाली अञ्चल अस्पतालमा आइसियू सेवा सञ्चालन भएन


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगरः महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष (आइसियू )सेवा चार वर्ष सम्म पनि सञ्चालन नहुँदा विरामी मर्कामा परेका छन् । उक्त सेवा आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको हो। बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित आर्थिक वर्ष २०७१÷७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको थियो ।

“आइसियू त स्थापना भए तर चिकित्सकसहितको जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो”, महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भने, “पटक–पटक सञ्चालन गर्न पहल भए पनि केही भएन ।”

सङ्घ र प्रदेश सरकारमा आइसियू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुनसकेको छैन । दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ ।

स्थानीय नागरिक समाज तथा सरोकारवाला निकायले अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहे पनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ । २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन् ।

“आइसियू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०/१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ”, सूचना अधिकृत अवस्थीले भने, “चिकित्सक र आइसियू सञ्चालनका लागि मन्त्री तथा सांसदहरुसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन ।” उनले आइसियू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १० : ४१ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको