२० वर्षीया सुजाताको हत्या गरी ७८ हजार लुटियो « Khabarhub

२० वर्षीया सुजाताको हत्या गरी ७८ हजार लुटियो


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथर एक युवतीको हत्या भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका गोपेटार बजारमा रहेको एनएमबी माइक्रो फाइनान्समा कार्यरत सुजता तामाङको जंगलमा विभत्स तरिकाले हत्या भएको हो ।

साविक भारपा गाविसको वडा नं. १ मा रहेको समुहको बैठकबाट फकिर्ने क्रममा मंगलबार सुजताको हत्या भएको हो । हत्या पश्चात माइक्रो फाइनान्सको समुहबाट संकलन भएको नगद करिब ७८ हजार रुपैयाँ समेत लुटिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

पाँचथरकै हिलिहाङ गाउँपालिकामै गत बैसाख २९ गते १५ बर्षिया किशोरी शितल योङहाङको हत्या भएको थियो भने जेष्ठ ६ गते आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको थियो । सुजताको हत्या संगै जिल्लामा करिव १ महिनाको समयमा ११ जनाको हत्या भएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ३ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन