निर्देशकको ह्याट्रिकले ‘जात्रै जात्रा’ लाई मालामाल ! « Khabarhub

निर्देशकको ह्याट्रिकले ‘जात्रै जात्रा’ लाई मालामाल !


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक प्रदीप भट्टराई पछिल्लो समयका खुबै व्यस्त निर्देशकमा पर्छन् । उनले निर्देशन गरेका ३ फिल्म जात्रा, शत्रु गते र जात्रै जात्रा व्यावसायिक रुपमा सफल भएपछि भट्टराई यतिबेला मख्ख छन् । भट्टराईले तीनै फिल्मबाट तारिफ पाएका छन् भने व्यावसायिक रुपमा सफल चलचित्र बनाउने निर्देशकमा उनले ह्याट्रिक गरेका छन् ।

तीनै सफल चलचित्र बनाउनुको फाइदा निर्देशक भट्टराईलाई त भएको छ नै । त्यो बाहेक फिल्म ‘जात्रै जात्रा’ लाई पनि परेको छ । सफल फिल्म निर्देशन गरेको क्रेडिट पाएसँगै यो फिल्म छैठौँ हप्तामा चलिरहेको छ । अझै यो फिल्मले प्रतिक्रिया पाउने क्रम जारी छ । नेपालसहित अस्ट्रेलियाका नेपालीबीच पनि प्रदर्शन भएको यो फिल्मले अस्ट्रेलियामा समेत राम्रो प्रतिक्रिया पाएको छ ।

विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा कमेडी जानरामा निर्माण भएको हो । यसअघि पनि कमेडी ‘सेन्स’ सहितका फिल्म निर्देशन गरेका भट्टराईले फिल्मबाट प्रर्याप्त चर्चा पाइरहेका छन् ।

अर्कातिर उनले सफल फिल्ममा गरेको ह्याट्रिकका कारण पनि चर्चामा छन् । भोलिका दिनमा कस्ता फिल्म निर्देशन गर्छन् र आफ्नो क्रेज कसरी जोगाउँछन् भन्ने एउटा कुरा हो, अहिले भने उनी पछिल्लो सयमका उत्कृष्ट फिल्म निर्देशक बन्न सफल भएका छन् । त्यो पक्का हो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : २५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा