क्षति न्यूनीकरणको पूर्वाभ्यास देखेरै आत्तिए स्थानीय « Khabarhub

क्षति न्यूनीकरणको पूर्वाभ्यास देखेरै आत्तिए स्थानीय


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विमान दुर्घटना हुँदा कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भन्दै विराटनगर विमानस्थलमा बुधबार पूर्वाभ्यास गरिएको छ । विमान दुर्घटनामा हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने हेतुले पूर्वाव्यास गरिएको हो ।

पूर्वाभ्यासका लागि विराटनगर विमानस्थलमा ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको विमान प्रयोग गरिएको थियो । उक्त विमानको इन्जिनमा खराबी आएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइयो ।

विमानमा ५४ जना यात्रु थिए । विमान अवतरण गरेको केही समयमै विमानमा आगो दन्किएको थियो । विमानमा भएका यात्रुको भागदौड मच्चियो । विमानस्थलको वरपर घर भएका स्थानीयहरु यो अवस्था देख्दा आत्तिए ।

साइरन बजाउँदै दमकल र एम्बुलेन्स मुस्लो देखिएको ठाउँतिर हुइँकिँदै गए । उद्धारकर्मीहरु पनि खटिएको देख्दा यसबारे जानकारी नभएका स्थानीयहरुले घटनालाई वास्तविकता ठानेर आत्तिए ।

उद्धारकर्मीले केहीबेरमा आगो नियन्त्रणमा लिए । घटनाको विषयमा सवै जानकारी पनि दिए । यो हेर्दा वास्तविक दुर्घटना जस्तै देखिए पनि ती सवै दृश्य नाटकीय मात्र भएको जानकारी गराइएको थियो ।

पूर्वअभ्यास हेर्नका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी लगायत उपस्थित थिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ०४ बजे

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष