क्षति न्यूनीकरणको पूर्वाभ्यास देखेरै आत्तिए स्थानीय « Khabarhub

क्षति न्यूनीकरणको पूर्वाभ्यास देखेरै आत्तिए स्थानीय


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विमान दुर्घटना हुँदा कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भन्दै विराटनगर विमानस्थलमा बुधबार पूर्वाभ्यास गरिएको छ । विमान दुर्घटनामा हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि के कस्ता सावधानी अपनाउन सकिन्छ भन्ने हेतुले पूर्वाव्यास गरिएको हो ।

पूर्वाभ्यासका लागि विराटनगर विमानस्थलमा ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको विमान प्रयोग गरिएको थियो । उक्त विमानको इन्जिनमा खराबी आएपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइयो ।

विमानमा ५४ जना यात्रु थिए । विमान अवतरण गरेको केही समयमै विमानमा आगो दन्किएको थियो । विमानमा भएका यात्रुको भागदौड मच्चियो । विमानस्थलको वरपर घर भएका स्थानीयहरु यो अवस्था देख्दा आत्तिए ।

साइरन बजाउँदै दमकल र एम्बुलेन्स मुस्लो देखिएको ठाउँतिर हुइँकिँदै गए । उद्धारकर्मीहरु पनि खटिएको देख्दा यसबारे जानकारी नभएका स्थानीयहरुले घटनालाई वास्तविकता ठानेर आत्तिए ।

उद्धारकर्मीले केहीबेरमा आगो नियन्त्रणमा लिए । घटनाको विषयमा सवै जानकारी पनि दिए । यो हेर्दा वास्तविक दुर्घटना जस्तै देखिए पनि ती सवै दृश्य नाटकीय मात्र भएको जानकारी गराइएको थियो ।

पूर्वअभ्यास हेर्नका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी लगायत उपस्थित थिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ०४ बजे

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका