पल र आँचलको जोडी छुटेको हो ? « Khabarhub

पल र आँचलको जोडी छुटेको हो ?


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पल शाह फिल्ममा खासै जम्न सकेका छैनन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘वीर विक्रम २’ व्यावसायिक रुपमा पूर्ण असफल रह्यो । यो फिल्ममा पलको पनि शीर्ष भूमिका थियो । यस्तै फिल्ममा नाजिर हुसेन र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका थियो ।

पल अभिनित फिल्म ‘हृदयभरि’ प्रदर्शन हुन बाँकी छ । योबाहेक पलसँग अरू कुनै फिल्म छैनन् । बरु उनी फाटफुट म्युजिक भिडियोमा देखिन भने छोडेका छैनन् ।

पल शाहको नाम सधैजसो आँचल शर्मासँग जोडिएर आउने गर्थ्यो । छोटो समयमा नै चर्चामा रहेकी आँचल पल शाहकै कारण चर्चित भएको भन्ने गसिप पनि चल्थे । संयोग त के छ भने आँचल शर्मा अभिनित फिल्म ‘दाल भात तरकारी’ पनि खासै सफल रहेन । व्यापारका हिसाबले भने यो फिल्मले ठीकै व्यापार गरेको निर्माताको दाबी छ ।

एकसाथ नाम जोडिएर आउने पल र आँचल पछिल्लो समय भने छुट्टाछुट्टै रुपमा देखिन थालेका छन् । मिडियामा सधै नाम जोडिएर आउन थालेपछि यी दुई छुट्टिएर काम गरेको भन्ने खासखुस पनि चल्छ । पछिल्लो समय बरु पललाई ‘वीर विक्रम २’ को पर्दामा देखिएकी वर्षा शिवाकोटीसँग देखिन्छ । आँचल भने खासै मिडियामा देखिएकी छैनिन् ।

पल र आँचल एकसाथ सार्वजनिक हुन कम गरेपछि मिडियामा भने यी दुईको ब्रेकअप भएको चर्चा चल्न थालेको छ । शुरुमा आँचलले पललाई दाइसमानको मान्ने गरेको बताए पनि पछि भने उनले पलप्रति केही लचकता देखाउन थालेकी थिइन् ।

अहिले भने यी दुई एकसाथ देखिएका छैनन् । फेरि सिने बजारमा हल्ला चल्न थालेको छ, पल र आँचलको ब्रेकअप भएछ । वास्तविकतामा यी दुईबीच कस्तो सम्बन्ध छ, त्यो उनीहरुलाई नै थाहा होला, तर पल र आँचलको नाम जोडिएर फ्यानले सम्बोधन गर्न भने छोडेका छैनन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ०९ बजे

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक