कमल थापाको कटाक्षः दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ « Khabarhub

कमल थापाको कटाक्षः दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको भनि कडा टिप्पणी पनि गरे ।  उनले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढ्ने अनकन्टक लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार र दिशाहीन बन्न पुगेको प्रमुख प्रतिपक्ष काँग्रेसले पटकपटक बेइमानी गरेको उल्लेख गर्दै जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लिएको दावी गरे ।

अध्यक्ष थापाले काँग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक–पटक धोका दिएपछि आम जनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावी गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने दृढता पनि व्यक्त गरे ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन