६ महिनाको अवधिमा ५४ जना नयाँ एचआइभी संक्रमित फेला « Khabarhub

६ महिनाको अवधिमा ५४ जना नयाँ एचआइभी संक्रमित फेला


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन जिल्लाभर सन् २०१९ को ६ महिनामा  ५४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

योसँगै चितवनमा एचआइभी सङ्क्रमितको संख्या अहिले १ हजार ७ सय ६४  पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८ सय ८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । सन् २०१८ को अन्त्यमा जिल्लामा १ हजार ६ सय ८५ सङ्क्रमित थिए ।

सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए । अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ ।

केन्द्रका स्रोतव्यक्ति डा युवानिधि वस्यैलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको बताए । जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरुमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको उनको भनाइ छ ।

विशेषगरी भरतपुर अस्पतालमा आएर औषधि लिनेहरु बाहिरी जिल्लाको बढी रहेको उनको भनाइ छ । मकवानपुर, नवलपरासी धादिङलगायतका जिल्लामा रहेका सङ्क्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एकदेखि दुई महिनाका लागि औषधि पठाउने गरेको डा वस्यौलाले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ४१ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले