सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानून ल्याउन माग « Khabarhub

सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानून ल्याउन माग


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले सेवाग्राहीको काममा ढिलाइ गर्ने सरकारी कर्मचारीलाई कडा कारबाही गरिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।
सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्नेगरी कानून व्यवस्था गरिनुपर्ने सांसदहरुको माग छ ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा सांसदहरुले कर्मचारीलाई कडा कारबाही गर्ने गरी कानून ल्याउन माग गरेका हुन्  ।
‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सत्तारुढ दल नेकपाका सांसद झपट रावलले समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाही हुने व्यवस्था नभएकाले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गरेका सांसद कँडेलले अब कानूनमै काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : २९ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी