विप्लव समूहले लियो धनगढी बम विस्फोटको जिम्मा « Khabarhub

विप्लव समूहले लियो धनगढी बम विस्फोटको जिम्मा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाको सेती–महाकाली ब्यूरोलेका इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो पार्टीका कार्यकर्ता भएको पुष्टि गरेका छन् ।

यद्यपि, विप्लव नेतृत्को नेकपाका कैलाली इञ्चार्जले भने बम विस्फोटमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको दाबी गरेका थिए ।

उनको दाबी गलत सावित हुने गरी विप्लव नेकपाका सेती–महाकाली ब्यूरो इञ्चार्जले बम विस्फोटमा ज्यान गुमाउने व्यक्ति रामबहादुर सिंह ‘आजेश) पार्टीको कार्यकर्ता भएको पुष्टि गरेका छन् ।

विप्लव नेकपाको सेती–महाकाली ब्यूरोद्वारा जारी विज्ञप्तीमा सिंहले आत्म सुरक्षाका लागि विस्फोटक पदार्थ बोकेको जिकिर गरिएको छ ।

बिहीबार साँझ धनगढी उपमहानगरपालिका–४ शहीदगेटस्थित निलम होटलमा बम विस्फोट हुँदा ५ जना घाइते भएका थिए । घाइतेमध्ये बझाङ घर भएका सिंहको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।

विस्फोटमा परी होटल सञ्चालक केशव पाण्डे, होटलमा खाजा खाइरहेका जितेन्द्र यादव र मोविन खान तथा अन्य एक लक्ष्मण सेरला घाइते भएका थिए ।

उनीहरुको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते रहेका सेरेला र मृतक सिंह मोटरसाइकल चढेर होटेलमा आएका थिए । झोलामा बोकेको बम भित्तामा ठोक्किएपछि विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले घटनास्थलबाट गोली लोड गरिएको पेस्तोल र मोटरसाइकल बरामद पनि गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ०६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी