बाढी र डुवानसम्बन्धी जरुरी महत्वको प्रस्ताव पेश गर्न नेकपा र कांग्रेस एक ठाउँमा « Khabarhub

बाढी र डुवानसम्बन्धी जरुरी महत्वको प्रस्ताव पेश गर्न नेकपा र कांग्रेस एक ठाउँमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संयुक्त रुपमा जरुरी महत्वको प्रस्ताव पेश गरेका छन् ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने साना दलसमेतको समर्थनमा नेकपा र कांग्रेसले बाढी तथा डुवानको संकट समाधानका लागि जरुरी महत्वको प्रस्ताव पेश गरेका हुन् ।

नेकपाका तर्फबाट खिमलाल भट्टराई, कांग्रेसका तर्फबाट बन्द्री पाण्डे र राजपका तर्फबाट बृषेशचन्द्र लालले संयुक्त रुपमा राष्ट्रिय सभामा जरुरी महत्वको प्रस्ताव पेश गरेका हुन् ।

जरुरी महत्वको प्रस्ताव पेश गर्दै सत्तारुढ दल नेकपाका सांसद भट्टराईले सत्तापक्ष र विपक्ष नभनी राष्ट्रिय संकटको मुद्दामा एक भएर उभिएको बताए ।

शुक्रबार दर्ता भएसँगै राष्ट्रिय सभामा बाढी तथा डुवानको संकट समाधानको जरुरी महत्वको प्रस्तावमाथि छलफल शुरु भएको छ ।

प्रस्तावमाथिको छलफल सकिएपछि गृहमन्त्री रामबहादुर थापा (बादल)ले उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै