केन्यामा पक्राउ परेका १२ नेपाली चेलीको उद्दार « Khabarhub

केन्यामा पक्राउ परेका १२ नेपाली चेलीको उद्दार


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने बिभिन्न पत्रपत्रिका र सामाजिक सन्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवसीय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको हो ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको र केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिक लगायत महिलाहरुलाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइ प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा उनीहरुका आफन्तलाई शुक्रबार जिम्मा लगाइएको हो ।

यस सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ ।

यो पनि पढौं

केन्यामा बेचिएका नेपाली चेलीको दर्दनाक पीडा, नृत्यंगनाको आडमा गराइन्थ्यो देहव्यापार

१२ नेपाली युवती केन्यामा पक्राउ

 

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : १० बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि