प्रमुख जिल्ला अधिकारी नै स्वयं लोकसेवाका परीक्षार्थी बस्ने बासको खोजीमा निस्किएपछि… « Khabarhub

प्रमुख जिल्ला अधिकारी नै स्वयं लोकसेवाका परीक्षार्थी बस्ने बासको खोजीमा निस्किएपछि…


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेका विभिन्न पदको परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थीले बस्ने बास नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल स्वयं बासको खोजीमा हिडेका थिए ।

लोकसेवाको परीक्षा शुक्रबारबाट शुरु भएको हो । परीक्षाका लागि टाढा टाढाबाट प्रदेश ७ को परीक्षा केन्द्र डोटीमा पुगेका पुरीक्षार्थीहरुले होटेल अभावका कारण बास नपाएको गुनासो बढेपछि स्वयं प्रमुख जिल्ला अधिकारी नै परीक्षार्थीको बासको खोजीमा निस्केका हुन् । उनको साथमा प्रहरी प्रवक्ता लालबहादुर धामीलगायत थिए ।

यता लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै काठमाडौं लगायतका ठाउँमा आन्दोलन जारी छ । स्थानीय तहका लागि भन्दै गत असारमा लोक सेवाले ९ हजार १ सय ३२ पदका लागि आवेदन माग गरेको थियो ।

लोक सेवा आयोगले असारमा विभिन्न स्थानीय निकायले माग गरे बमोजिम भन्दै ९ हजार भन्दा बढी पदका लागि आवेदन माग गरेको थियो । लोकसेवाको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर सर्वोच्च अदालतले विज्ञापन खारेज गर्नुपर्ने कारण नरहेको भनेसँगै लोकसेवालाई परीक्षा गर्नका लागि बाटो खुला भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४० बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’