प्रमुख जिल्ला अधिकारी नै स्वयं लोकसेवाका परीक्षार्थी बस्ने बासको खोजीमा निस्किएपछि… « Khabarhub

प्रमुख जिल्ला अधिकारी नै स्वयं लोकसेवाका परीक्षार्थी बस्ने बासको खोजीमा निस्किएपछि…


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेका विभिन्न पदको परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थीले बस्ने बास नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल स्वयं बासको खोजीमा हिडेका थिए ।

लोकसेवाको परीक्षा शुक्रबारबाट शुरु भएको हो । परीक्षाका लागि टाढा टाढाबाट प्रदेश ७ को परीक्षा केन्द्र डोटीमा पुगेका पुरीक्षार्थीहरुले होटेल अभावका कारण बास नपाएको गुनासो बढेपछि स्वयं प्रमुख जिल्ला अधिकारी नै परीक्षार्थीको बासको खोजीमा निस्केका हुन् । उनको साथमा प्रहरी प्रवक्ता लालबहादुर धामीलगायत थिए ।

यता लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै काठमाडौं लगायतका ठाउँमा आन्दोलन जारी छ । स्थानीय तहका लागि भन्दै गत असारमा लोक सेवाले ९ हजार १ सय ३२ पदका लागि आवेदन माग गरेको थियो ।

लोक सेवा आयोगले असारमा विभिन्न स्थानीय निकायले माग गरे बमोजिम भन्दै ९ हजार भन्दा बढी पदका लागि आवेदन माग गरेको थियो । लोकसेवाको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर सर्वोच्च अदालतले विज्ञापन खारेज गर्नुपर्ने कारण नरहेको भनेसँगै लोकसेवालाई परीक्षा गर्नका लागि बाटो खुला भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित