भेइकल ट्रयाकिङ सिस्टमको विरोधमा राष्ट्रिय व्यवसायी महासंघ सडकमा « Khabarhub

भेइकल ट्रयाकिङ सिस्टमको विरोधमा राष्ट्रिय व्यवसायी महासंघ सडकमा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो ।

नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गर्दै आएको महासंघले आफ्नो भनाइ सरकारले नसुनेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

महासंघले यस अघि पनि विज्ञप्ति जारी गर्दै केही समय परीक्षणको रुपमा काम गर्नुपर्ने बताएको थियो । तर साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त सिस्टमको उद्घघाटन गरेका थिए ।

राजश्व अनुसन्धान विभागले ३ महिनाको अवधिभरलाई परीक्षणको अवधि मान्ने बताएको छ । तर व्यवसायीहरुले भने परीक्षणको अवधि एक वर्ष हुनु पर्ने माग राख्दै आएका छन् । सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भए पनि परीक्षणको अवधि एकदमै थोरै भएको महासंघका अध्यक्ष नरशे कटुवालले बताए ।

न्यूरोडको विशाल बजारमा आयोजित कोषणसभालाई सम्वोधन गर्दै महासंघ अध्यक्ष कटुवालले भने, ‘सरकारको नीति आउनै हुँदैन भनेको होइन, कमसेकम हामीलाई सिक्ने अवधि त चाहिँयो नि ।’

धेरै व्यवसायीहरुको पहुँचमा कम्प्युटर र इन्टरनेटको पहुँच पुग्न अझै केही समय लाग्ने भन्दै उनले कम्तिमा पनि एक वर्षको अवधि सरकारले दिनु पर्ने उनले बताए । सरकारले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै अनिवार्य नगर्न अन्य संघ–संगठनहरुले पनि माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : २० बजे

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै