अमेरिकी दूतावासद्वारा क्षेत्रीय सञ्‍जाल विस्तार विचार गोष्ठी आयोजना « Khabarhub

अमेरिकी दूतावासद्वारा क्षेत्रीय सञ्‍जाल विस्तार विचार गोष्ठी आयोजना


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी दूतावासले नेपाल–युएस एलम्नाइ नेटवर्क (नुसान)सँगको साझेदारीमा शुक्रबार रिजनल कनेक्टिभिटी (क्षेत्रीय सञ्‍जाल विस्तार) सम्बन्धी विचारगोष्ठी आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले भने, “अमेरिकी दूतावासले आफै छलफललाई निर्देशित गर्ने हिसाबले यस्ता कार्यक्रमलाई प्रायोजन गरेको होइन । यसको उद्देश्य त विचारको स्वतन्त्र आदानप्रदान र सम्बन्ध निर्माणलाई प्रोत्साहित गर्नु हो । नेपालले सामना गरिरहेका चुनौतीका लागि यसबाट अहिले र भविष्यमा समेत व्यवहारिक तथा स्वदेशी समाधान निस्कनेछन् भन्ने हामीले आशा लिएका छौँ ।’

कार्यक्रममा अमेरिकी सरकारका आदानप्रदान कार्यक्रमका पूर्व विद्यार्थी, सरकारी अधिकारी, विद्यार्थी, लगायत १२० जनाभन्दा बढी सहभागी थिए । कार्यक्रममा प्रस्तोताहरूले तथ्याङ्क संरक्षण तथा गोपनीयता ढाँचाको विकासका साथै नेपालको अनुपम अवस्थितिका कारण पर्यटन तथा जलविद्युत् विकासका निम्ति सिर्जित भौगोलिक लाभ लगायतका विविध विषयमा चर्चा गरेका थिए ।

अमेरिकी दूतावास तथा नुसानको साझेदारीमा विगत एक वर्षमा आयोजित कार्यक्रमहरूको शृङ्खलामा यो चौथो कार्यक्रम हो । यसअघि नुसानले पारदर्शिता तथा जवाफदेहिता, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता, र महिला उद्यमशीलता लगायतका विषयमा सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित